उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबिच शिष्टाचार भेट

काठमाडौँ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदूत भेरोनिक लोरेन्जोबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताए ।
नेपाल र लेबनानबिच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उनले खुसी व्यक्त गरे । विभिन्न अन्तर्राष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्टान्त समेत उनले दिए ।
नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्याएको योगदानप्रति उनले आभार व्यक्त गरे । उनले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराए । नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उनले प्रशंसा गरे ।
भेटमा उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिए । लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उनले गराए ।
उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का