माओवादी आन्दोलन र उत्पीडित जाति
महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेको दिनदेखि एक हप्ता ( फागुन १४–२१ सम्म) माओवादी पार्टीले सहिद सप्ताह मनाउँदै आएको छ । यस अवसरमा सहिद परिवारसँग भेटघाटसँगै अन्य रचनात्मक कार्यक्रम गरिन्छ । माओवादी पार्टीले फागुन १ जनयुद्ध दिवस र सहिद सप्ताहलाई विशेष कार्यक्रम मान्छ ।
नेपालको माओवादी आन्दोलन (जनयुद्ध) मा हजारौँ नेपाली जनताले सहादत प्राप्त गरेका छन् । तिनै सहिदको बलिदानबाट देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । सदियौँदेखिको सामन्ती थिचोमिचो उत्पीडनका विरुद्धमा नेकपा माओवादीको नेतृत्वमा नेपाली जनताले गरेको जनयुद्धले नै नेपाली समाज रूपान्तरण गरेको हो । जनयुद्धकै कारण आज उत्पीडित जातजाति आफ्नो अधिकार खोज्न सक्ने ठाउँमा पुगेका छन् ।
अहिलेको संविधानमा जेजति राजनीतिक अधिकार र उत्पीडित जातजातिका जे जति अधिकार स्थापित भएका छन्, ती सबै जनयुद्धकै कारण मात्र सम्भव भएको हो ।
अहिलेको संविधानमा जेजति राजनीतिक अधिकार र उत्पीडित जातजातिका जे जति अधिकार स्थापित भएका छन्, ती सबै जनयुद्धकै कारण मात्र सम्भव भएको हो । चाहे मूलधारका राजनीतिक दलभित्र उठ्ने समावेशिताको विषय होस्, चाहे जातीय र क्षेत्रीय राजनीति गर्ने दलका कुरा हुन्, यी सबैको कारण जनयुद्ध नै हो । यो सत्य स्विकार्न समाजका केही मान्छेलाई आज पनि गाह्रो भएको छ । उनीहरू सत्य कुरा भन्न बुझ पचाइरहेका छन्, उनीहरूले यसलाई स्विकार्न जति आनाकानी गरे पनि इतिहास इतिहास नै र सत्य–सत्य नै हुन्छ, जो स्थापित भइसकेको छ ।
नेपालमा जस्तो युद्ध विश्वका धेरै देशमा भएका थिए । कहीँ सफल भएर सत्ता प्राप्त गरे भने कहीँ असफल पनि भए र फेरि जिरोबाट उठ्ने प्रयास गरेका छन् । कम्युनिस्ट पार्टीले संसारभरि लडेका युद्ध र नेपालमा माओवादीको नेतृत्व भएको जनयुद्धमा मूलतः दुईवटा कुरा फरक छन्, जसलाई नेपाली मौलिकताको क्रान्ति अथवा नयाँ विचार पनि भन्न सकिन्छ । कार्लमाक्र्सले तयार गरेको कम्युनिस्ट घोषणापत्र मान्ने संसारभरिका कम्युनिस्टको साझा कुरा हुन्— वर्ग सङ्घर्ष र वर्गीय समानता । जुन कुरा नेपालको माओवादी आन्दोलनको पनि मुख्य विषय हो । यसका अलावा नेपालको माओवादी पार्टीले देशभित्रको उत्पीडित राष्ट्रियताको रक्षा गर्दै उनीहरूको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र लैङ्गिक अधिकारको विषयलाई जब आफ्नो दस्तावेजमा उल्लेख ग¥यो र उत्पीडित जाति समुदायको अधिकार रक्षाको विषय आफ्नो कार्यक्रम बनायो तब जनयुद्ध सशक्त भएको हो । त्यसैका कारण पनि हो, नेपालको जनयुद्धमा सबैभन्दा बढी बलिदान मगर समुदायबाट भयो भने दोस्रो थारु समुदायबाट भएको छ । जनयुद्धको प्रथमसहित दलित हुनुले पनि वास्तवमा उत्पीडित वर्गका साथसाथ उत्पीडित जाति तथा समुदायले जनयुद्धलाई आफ्नो मुक्ति युद्ध बनाउँदा छोटो समयमा यति धेरै उपलब्धि हासिल भएको हो ।
जुन समुदायको मुक्तिको कुरा गरियो, त्यही समुदायको नेतृत्व विकासमा जोड नदिँदा त्यो समुदायले माओवादी पार्टीलाई आफ्नोबाट बिरानो देख्न पुग्यो । माओवादी पार्टीको यही कमजोरीको फाइदा उठाउँदै साम्राज्यवादी शक्तिकेन्द्रका आडमा विभिन्न जातीय र क्षत्रिय शक्तिहरू उदाए ।
जनयुद्धलाई शान्ति प्रक्रियामा लगेर संविधानसभाबाट नयाँ जनवादी क्रान्तिको मूल कार्यभार पूरा गर्ने काम पनि विश्व कम्युनिस्ट आन्दोलनको नयाँ आयाम हो । जसलाई माओवादीको नयाँ विचारको रूपमा लिन सकिन्छ । हुन त नयाँ कुरा धेरै छन् तर पनि मूलभूत रूपमा वर्ग संघर्षमा जातीय मुक्ति आन्दोलनलाई जोड्ने र शान्ति प्रक्रियामा सहज अवतरण गरेर बाँकी उपलब्धिका लागि तयारी गर्ने मुख्य विषय हुन् ।
अहिले सहिद सप्ताह चलिरहेको छ । जनयुद्धमा सबैभन्दा बढी बलिदान गर्ने मगर थारुलगायत जातजातिहरू माओवादीप्रति खुसी देखिन्नन्, यसको कारण के होला ? रोल्पा, रुकुमजस्ता केही आधार इलाकामा बाहेक उत्पीडित जाति तथा समुदायको बाहुल्य क्षेत्रमा माओवादी पार्टी कमजोर बन्दै जानुको कारण के होला ? विचार संश्लेषणसहित समाजवादी कार्यदिशा तय गर्ने बहस चलिरहँदा माओवादी पार्टीभित्र यसको पनि कारण पत्ता लगाउनुपर्छ । हिजो सम्पूर्ण रूपमा होमिएको यो समुदाय अहिले निराश भएर कहीँ क्षत्रिय, कहीँ जातीय र कहीँ परम्परागत दलहरूमा त कहीँ कथित नयाँ भनाउँदाको नजिक पुग्नुका कारण के हुन सक्छ ? हिजो माओवादीले सबै जातजातिको हक–अधिकार र रक्षाको विषय जोडेर जनयुद्ध अगाडि बढाउँदा साम्राज्यवादी शक्तिहरू सशंकित थिए र उनीहरू जातीय मुक्तिलाई जातमा सीमित गर्न चाहन्थे । जनयुद्धमा खास साथ दिएको समुदाय र वर्गबाट नेतृत्व निर्माण गर्ने सवालमा शान्ति प्रक्रियादेखि यहाँसम्म आउँदा कहीँ न कहीँ माओवादीबाट कमजोरी भएका छन् । चाहे थारु, मधेसी, राई, लिम्बु, तामाङ, नेवार, गुरुङ, मगर, दलित, कर्णाली जे जे भने पनि एकाधबाहेक अधिकांश समुदायले बलिदानी त ग¥यो तर नेतृत्व निर्माणमा छुट्यो । जुन समुदायको मुक्तिको कुरा गरियो, त्यही समुदायको नेतृत्व विकासमा जोड नदिँदा त्यो समुदायले माओवादी पार्टीलाई आफ्नोबाट बिरानो देख्न पुग्यो । माओवादी पार्टीको यही कमजोरीको फाइदा उठाउँदै साम्राज्यवादी शक्तिकेन्द्रका आडमा विभिन्न जातीय र क्षत्रिय शक्तिहरू उदाए । त्यसकारण हिजो पनि, आज पनि माओवादीको कार्यदिशा सही छ; उत्पीडित, जाति, वर्ग, क्षेत्र र लिङ्गका एजेन्डा माओवादीकै हुन्, तर जसका लागि बनेको कार्यदिशा हो, त्यही समुदाय वर्गको नेतृत्व निर्माण नगरी कार्यान्वयन हुन गाह्रो हुन्छ । रूपान्तरणसहित सशक्त पार्टी निर्माण गरी समाजवादको लक्ष्य हासिल गर्ने बहस गर्दैगर्दा यो कुरा पनि उठ्न जरुरी छ । यो विषयलाई गम्भीर समीक्षा गरी सुधार गरेमा माओवादी पार्टीले पुरानो आकार लिन समय लाग्दैन ।
सहिद सप्ताह चलिरहेको यो समयमा सम्पूर्ण आदरणीय सहिदलाई सम्झिने श्रद्धाञ्जली दिनुका साथै सहिदका सपना साकार पार्ने प्रतिबद्धता गर्नैपर्छ । त्यसका लागि राजनीतिक रूपमा स्थानीय तहदेखि नै उत्पीडित जाति वर्ग, लिङ्गको नेतृत्व निर्माणमा जोड दिउँ । त्यसले मात्र समाजवादी कार्यदिशा कार्यान्वयन गर्नका लागि आधार तयार गर्नेछ र आदरणीय सहिदहरूको सपना साकार हुनेछ । अन्तमा सहिद सप्ताहको सन्दर्भमा सहिदहरूले देखाएको बाटोमा लाग्ने प्रतिबद्धतासहित सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले आफ्नो सबै खेल यूएईमा खेल्ने, यस्तो छ खेल तालिका
-
महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो २६ जना उपप्राध्यापक
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै