मिटरब्याज पीडित र सरकारबिचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । मिटरब्याज पीडित र सरकारबिचको वार्ता निष्कर्षविहीन भएको छ । मिटरब्याज पीडित र सरकारबिचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो । सो वार्तामा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन नसकेको हो ।
वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको भएपनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको बताए । उनले आफूहरुको आन्दोलन जारी रहने बताए । उनले आफूहरुको माग फर्जि लिखत, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने लगायत रहेको बताए । त्यस्तै साहुहरुको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनको भनाई छ ।
त्यस्तै अदालती प्रक्रियालाई स्थगित गर्नुपर्ने र अदालतबाट फैसला भइसकेका केसहरु आयोगमा झिकाइ पुनरावलोकन गर्नुपर्ने पनि आफूहरुको माग रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनादेखि अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
-
२०८१ साल : राजनीतिक उथलपुथल र चर्चित सात घटना
-
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
-
गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग
-
बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
-
२०८१ साल : हिन्दी फिल्मलाई ‘माथ’ दिएको वर्ष