ग्लोबल आइएमई बैंकका ३५ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, चार हजारभन्दा बढीको सहभागिता
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
मुलुकका विभिन्न जिल्लाका ३५ स्थानमा सञ्चालित कार्यक्रममा ४,००० भन्दा बढी मानिसहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
बैंकले बागमती प्रदेशको भक्तपुर जिल्ला, मध्यपुर ठिमी नगरपालिका, रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका, काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिका र ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ७०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका, जैमिनि नगरपालिका, पर्वत जिल्लाको कुस्मा नगरपालिका र कास्की जिल्लाको पोखरा महानगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका, बाणगंङ्गा नगरपालिका, शिवराज नगरपालिका, दाङ जिल्लाको घोराही उपमहानगरपालिका, गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका, इस्मा गाउँपालिका, नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका, पाल्पा जिल्लाको तानसेन नगरपालिका, प्युठान जिल्लाको प्युठान नगरपालिका, रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका, रुपन्देही जिल्लाको सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा आयोजित कार्यक्रममा १,८०० भन्दा बढीको सहभागिता रहेको थियो ।
साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका, बाजुरा जिल्लाको बढिमालिका नगरपालिका, बैतडी जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका, कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको कार्यक्रममा ७५० भन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युआन, रियाल, दिराम र दिनारको मूल्य बढ्यो, युरो र रिङ्गेट ओरालो
-
इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा
-
हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा
-
प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट आजदेखि
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु