आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पोखरा कप क्रिकेटको उपाधि प्रतिभा माविलाई

बुधबार, १६ फागुन २०८०, १८ : २६
बुधबार, १६ फागुन २०८०

पोखरा । पोखरा कप क्रिकेटको उपाधि प्रतिभा माविले जितेको छ । बुधबार पोखरा रंगशालामा भएको खेलमा अमरसिंह माविलाई ३८ रनले हराउँदै प्रतिभाले उपाधि जितेको हो । 

प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्रै बनाउन सक्यो । अमरसिंहका कल्याण कुमालले सर्वाधिक ३१ रन बनाए । बलिङमा प्रतिभाका सन्देश गिरी, निश्चल श्रेष्ठ, कुशल अधिकारी र सत्कार अधिकारीले १/१  विकेट लिए ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको प्रतिभाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १७२ रन बनाएको थियो । प्रतिभाका लागि बब्लु शाहले अर्धशतक प्रहार गरे । उनी ५३ बलमा ५२ रन बनाएर आउट भए । राहुल शर्माले २०, रोशन पौडेलले १६, रोहन चन्दले १९ र निश्चल श्रेष्ठले २० रनको योगदान दिए । बलिङतर्फ अमरसिंहका रिजन गिरीले २ र कृतज्ञ अधिकारीले १ विकेट लिए ।

उपाधिसँगै प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । 

प्रतिभाका बब्लु शाह फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए । बि–बग इभेन्टको आयोजनामा फागुन ९ गतेदेखि सञ्चालित प्रतियोगितामा पोखराका १२ विद्यालय सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप