रुसी तेल बोकेको ट्याङ्करमाथि अमेरिकाले लगायो प्रतिबन्ध

नयाँ दिल्ली । सन् २०२२ को फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले ठुलो मात्रामा छूट मूल्यमा रुसी तेल किनिरहेको छ । पछिल्ला केही महिनामा तेल खरिद केही सुस्ताएको भए पनि रुसबाट कच्चा तेल भारत भित्रिने क्रम रोकिएको छैन । आगामी केही हप्तामा रुसी तेल भरिएको ट्याङ्करहरू भारत आइपुग्दै थियो । तर अमेरिकाले यी मध्ये तीन वटा ट्याङ्करमा प्रतिबन्ध लगाइदिएको छ ।
भारतको अंग्रेजी समाचार साइट इन्डियन एक्सप्रेसमा छापिएको समाचारका अनुसार आगामी केही हप्ताभित्र भारतीय तेल प्रशोधन कम्पनीका लागि रुसी कच्चा तेल ल्याइ पुर्याउन लागेका ट्यांकरहरूमध्ये तीन वटा ट्यांकर अमेरिकाको प्रतिबन्धमा परेका छन् । पश्चिमी देशहरूले रुसी तेलमाथि लगाएको मूल्य सीमा भन्दा बढी मूल्यमा तेल ओसारिरहेको भेट्टाएपछि अमेरिकाले गएको शुक्रबार १४ ओटा रुसी तेल ट्यांकरलाई कालोसूचीमा राखेको थियो ।
पश्चिमी देशहरूले रुसी कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर तोकेका छन् । एउटा ट्याङ्कर यही हप्ता सिक्का बन्दरगाह आइपुग्ने बताइएको छ । अर्को ट्याङ्कर अप्रिलमा सिक्का बन्दरगाहमा आइपुग्नेछ । तेस्रो ट्यांकर भने मार्च र अप्रिलको बिचमा वाडिनार बन्दरगाह आइपुग्ने बताइएको छ । अमेरिकाले कालो सूचिमा परेको ट्याङ्करलाई ४५ दिनभित्र तेल निर्यातको अनुमति दिएको छ । त्यसैले यो प्रतिबन्धले भारतलाई खासै असर नपर्ने विश्लेषण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश