स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइयो औषधि
बुधबार, १६ फागुन २०८०, १५ : १३

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सुविधा थैलीबाट एक औषधि हटाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधी व्यवस्था विभागको गत मंसिर ११ को निर्णयअनुसार बोर्डले लिनाग्लिप्टिन २.५ औषधि हटाएको हो ।
औषधि सल्लाहकार समितिबाट सिफारिस प्राप्त नहुँदा सम्मको लागि नयाँ उत्पादन नगर्न र बजारमा बिक्री वितरण भइरहेको ब्रान्ड समेत थप उत्पादन नगर्न/नगराउन भएको निर्णय अनुसार सो औषधि हटाइएको बोर्डले उल्लेख गरेको छ ।
सुविधा थैलीबाट हटाइएको हुँदा सो औषधिहरूको सिफारिस नगर्न/नगराउनु समेत सम्बन्धितलाई अनुरोध गरिएको छ ।
देशभर ४४२ वटा स्वास्थ्य संस्थाले बीमा मार्फत दिइने सेवा सुविधा प्रदान गरिरहेका छन् । बोर्डका अनुसार स्वास्थ्य बीमामार्फत १,१३३ वटा औषधि पाइन्छ । यसमध्ये १,१०८ वटा एलोपेथिक मेडिसिन र २५ वटा आयुर्वेदिक औषधि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दोस्रो भिडियो सार्वजनिक
-
भूकम्पका बेलामा जस्तै आगामी दिनमा पनि राष्ट्रिय एकता होस् : प्रधानमन्त्री (पूर्णपाठ)
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह