ईपीजीको प्रतिवेदन सार्वजनिक गर्न गृहकार्य भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नेबारेमा गृहकार्य भइरहेको बताएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बोल्दै उनले ईपीजीको प्रतिवेदन सार्वजनिक गर्नका लागि गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको सुरु बिन्दु खोकना बुङमतिमा समस्या समाधान नभए पारीबाट बाटो लाने विकल्प आएपछि स्थानीय जनप्रतिनिधि वार्ताबाट समस्या समाधानका लागि तयार रहेको बताए ।
उनले भने,‘यातायात क्षेत्रमा दुर्घटना कम गराउन बाटो सुधार र ड्राइभरहरुलाई प्रशिक्षण दिने सरकारले काम गरिरहेको छ । विकासमा तीव्रता ल्याउन भूमि र बन ऐनले पनि समस्या पारेकोले त्यस्ता निति सुधार गरेर जान्छौँ । ऐन संशोधन गरेर जानेछौँ ।
सरकारी कर्मचारी कुनै निर्णय प्रक्रियामा हच्किने गरेको र सकभर कलम चोप्नबाट पछि हट्ने अवस्था रहेको र त्यसलाई सुधार गर्नेर्छौँ ।’
यस्तै प्रधानमन्त्री प्रचण्डले रुस र युक्रेन युद्धमा नेपाली गएको बारेमा सुरुमा सरकारलाई थाहा नभएको बताएका छन् । उनले भने, ‘कतिपय नेपाली भारतको बाटो भएर गएका छन्, कतिपय विद्यार्थी भिसामा गएका छन् । युद्धमा मारिएपछि मात्रै सरकारलाई थाहा भएको हो ।’
प्रधानमन्त्री प्रचण्डले रुस र युक्रेन युद्धबाट नेपालीलाई फिर्ता लिन सरकारले गम्भीरता पूर्वक पहल गरिरहेको बताए । उनले रुस सरकारले सूचना र क्षतिपूर्ति दिने भनेपछि यो विषय सरकारको हातमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष स्थानमा रहेको दिल्लीलाई गुजरातको चुनौती
-
बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
-
विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी
-
प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै
-
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय
-
६ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक