पक्राउ परेकालाई तत्काल रिहा नगरिए बैंकिङ कारोबार ठप्प पार्ने चेतावनी

काठमाडौँ । बैंकर्स धरपकड विरुद्ध वाणिज्य बैंकहरु एकजुट भएका छन् । कमसल धितो राखी ठुलो रकम कर्जा प्रवाह गरेको भन्दै प्रभु बैंकका डी–सीईओ मनोज न्यौपानेसहित दर्जन बैंकर्सलाई केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेसँगै २० वटै वाणिज्य बैंकका सीईओहरु एकजुट भएका हुन् ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधवार आकस्मिक बैठक बसी बैंकर्समाथिको धरपकड विरुद्ध उत्रिने निर्णय गरेको छ । बैंकिङ कारोबारमा उच्च सावधानीका साथ ऐन, नियम बमोजिम कर्जा/निक्षेपसँगै अन्य आर्थिक गतिविधि गरिरहेको अवस्थामा कुनै कारण देखाई बैंकर्समाथि सीआईबीले धरपकड गर्नु निन्दनीय कार्य भएको संघको निष्कर्ष छ ।
बुधवारको बैठकले पक्राउ परेका बैंकर्सहरुलाई विना शर्त तत्काल रिहा गर्न माग गर्दै त्यसो नगरिए बैंकिङ गतिविधि ठप्प पार्ने सम्मका निर्णय गरिएको बैठकमा सहभागी एक बैंकर्सले रातोपाटीलाई जानकारी दिए । साथै, आजै केन्द्रीय बैंकका गभर्नर, सीआईबी प्रमुखसँगै गृहमन्त्रीलाई समेत भेटेर ध्यानाकर्षण गर्ने कार्यक्रम तय गरिएको ती बैंकर्सले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बढ्यो कोशी प्रदेशको आम्दानी, विगतभन्दा ६ प्रतिशतले वृद्धि
-
आइतबारदेखि काठमाडौँ उपत्यकाको तापक्रम घट्ने
-
महाभूकम्पको १० वर्षमा यस्तो बन्यो वसन्तपुर क्षेत्र (तस्बिरहरू)
-
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
-
बजेट अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने, के के छन् कार्यसूचीमा ?
-
आज भूकम्प स्मृति दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै