सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

कुशल मल्लले लिए नेदरल्यान्ड्सको दोस्रो विकेट

बुधबार, १६ फागुन २०८०, १२ : १३
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको बुधबार जारी खेलमा टस जिती पहिले बलिङ गर्ने निणर्य लिएको नेपालले नेदरल्यान्ड्सको दोस्रो विकेट लिएको छ । नेदरल्यान्ड्सको दोस्रो विकेट कुशल मल्लले लिएका हुन् ।

उनले नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिटलाई विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका हुन् ।  माइकल लेभिटले पेभेलियन फर्किनुअघि अर्धशतक बनाए ।

उनले ३६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ५४ रन बनाए । ८.५ ओभरमा उनी आउट हुँदा नेदरल्यान्ड्सले ७७ रन बनाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप