विराजको ‘१२ गाउँ’ हिरोइन न्यान्सी

काठमाडौँ । एक्सन स्टार विराज भट्टले छोरा समीरलाई हिरोको रूपमा डेब्यु गराउन लागेको फिल्म हो ‘१२ गाउँ’ । फिल्ममा समीरको जोडीको रूपमा न्यान्सी खड्का देखिने भएकी छन् ।
विराजले न्यान्सीसँग फिल्म अभिनय विषयमा सम्झौता भएको जानकारी दिए । ‘हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनुभयो । हाम्रो फिल्मको कथाले मागेजस्तो पात्र उहाँमा देखेकोले फिल्मका लागि अनुबन्धित गरेका छौँ’, विराजले भने ।
न्यान्सी ‘मिस नेपाल इन्टरनेशनल–२०२२’ विजेता हुन् । विराटनगर घर भएकी न्यान्सी व्यावसायिक मोडल समेत हुन् भने उनले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् । केहीअघि जापानमा आयोजित ‘मिस इन्टरनेश्नल’ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।
‘१२ गाउँ’ आगामी १५ चैत्रबाट छायाङ्कनमा जाने तयारीमा छ । ठुलो बजेटमा निर्माण हुने बताइएको फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा रहेको छ । विराज मुख्य भूमिकामा देखिने फिल्म विराज आफैँले निर्देशन गर्नेछन् ।
सन् २०२४ भित्र रिलिज हुने बताइएको फिल्ममा उच्च स्तरीय एक्सन पस्किने तयारी विराजको छ । नेपाली फिल्ममा एक्सन भूमिकाबाट सुपरस्टार बनेका विराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छिन् ।
‘१२ गाउँ’ विराजको होमप्रोडक्सन कम्पनी विराज भट्ट फिल्म प्रोडक्सनबाट बन्न लागेको हो । विराजले फिल्मलाई आफ्नो महत्वकांक्षी फिल्म बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा