नेदरल्यान्डविरुद्ध टस जितेको नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । नेपाल र नेदरल्यान्ड्सबिचको खेल विहान ११ः३० बजे सुरु हुनेछ ।
यसअघि त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग २० रनले पराजित भएको थियो । उक्त खेलमा टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सकेको थियो ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग टी–२० शृंखला खेलेको हो । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेलिएको हो ।
नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स पनि आगामी जुन १ देखि २९ तारिखसमम सञ्चालन हुने टी–२० विश्वकपमा छनोट भएका छन् । त्यसैले यो त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाले यी तीनवटै राष्ट्रलाई सहयोग पुग्नेछ ।
त्रिकोणात्मक टी–२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । फेब्रुअरी २९ मा नामिबिया र नेदरल्यान्ड्सबिच तेस्रो खेल हुनेछ । मार्च १ तारिखमा नेपाल र नामिबियाबिच चौथो तथा मार्च २ तारिखमा नेपाल र नेदरल्यान्ड्सबिच पाँचौँ खेल हुनेछ । छैटौँ खेल मार्च ३ तारिखमा नामिबिया र नेदरल्यान्ड्सबिच खेलिने छ ।
त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ५ तारिखमा खेलिने क्यानले जनाएको छ । आगामी आईसीसी टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ । त्यो समूहमा इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।
त्रिकोणात्मक शृंखलाका लागि क्यानले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, विनोद भण्डारी, बिवेक यादब, अनिल शाह, रासिद खान, सागर ढकाल, आरिफ शेख र अविनाष बोहरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म