सिटीको जीतमा हालान्डको पाँच गोल, डी ब्रुयनाको चार एसिस्ट

लण्डन । अर्लिङ हालन्डको शानदार प्रदर्शनको मद्दतले लुटन टाउनलाई हराउँदै साबिक विजेता म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा हालान्डले पाँच गोल गर्दा सिटी ६–२ गोल अन्तरले विजयी बनेको हो ।
नर्वेजियन खेलाडीको सिटीका लागि यो आठौँ ह्याट्रिक थियो । साथै उनी क्लबका लागि दुई पटक पाँच गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।
खेलमा केभिन डी ब्रुयनाले हालान्डको सुरुवाती चार गोलका लागि अवसर सिर्जना गरेका थिए । हालान्डले खेलको तेस्रो मिनेटमा नै टोलीलाई अग्रता दिलाए । १८ औँ मिनेटमा उनले दोस्रो गोल गरे भने ४० मिनेटमा आफ्नो ह्याट्रिक पूरा गरे । पहिलो हाफको अन्त्यमा लुटनका लागि जोर्डन क्लार्कले एक गोल फर्काएका थिए ।
दोस्रो हाफको सुरुवातमा उनले अर्को गोल गर्दै लुटनलाई केही समय खेलमा फर्किने आशा दिलाएका थिए । तर हालान्डले ३ मिनेटको अन्तरमा दुई गोल गर्दै लुटनको पुनरागमनको सपना चकनाचुर बनाइदिए । ७२ औँ मिनेटमा माटेयो कोभाचिचले गोल गर्दै टोलीलाई सहज जीत दिलाए ।
सिटी पछिल्ला १८ खेलमा अपराजित रहेको छ । तर, अहिले पनि लगातार दोस्रोपटक ट्रेबलको दौडमा कायम नै रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध