प्राधिकरणको लापरबाहीले रौतहटको ५ पालिका अँध्यारोमा
रौतहट । नेपाल बिद्युत् प्राधिकरण मौलापुरको लापरबाहीको कारण रौतहटको ५ पालिकामा पछिल्लो २० घण्टा देखि बिद्युत् लाइन अवरुद्ध भएको छ।
स्थानीय कटहरिया, फतुवा विजयपुर, मौलापुर, देवाही गोनाहि, र बौधिमाई नगरपालिकामा मंगलवार बिहान ११ बजेदेखि विद्युत् लाइन अवरुद्ध भएको छ। बिद्युत् प्राधिकरण मौलापुर शाखाले मंगलवार एक सूचना प्रसारण गरी हर्साहा सबस्टेसनमा मर्मतको काम हुनुभएकाले बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बिद्युत् अवरुद्ध हुने जानकारी दिएको थियो। तर सूचना विपरीत मंगलवार बिहान ११ बजे काटिएको बिद्युत् लाइन बुधवार बिहान सम्म ८ बजे समाचार तयार पार्दा सम्म आएको छैन। यसरी लगातार २० घण्टा विद्युत् आपूर्ति नहुँदा ५ पालिका अन्तर्गतको विद्युत् बाट सञ्चालन हुने दर्जनौँ मिलहरू बन्द भएको छ।
त्यस्तै विद्युत् अभावमा चार वटा एफएम रेडियोको प्रसारण बन्द भएको छ भने हजारौँ परिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवले चन्द्रनिगाहपुर शाखाबाट प्रसारण हुने विद्युत् आपूर्ति सदरमुकाम गौर सम्म सञ्चालनमा रहेको छ तर हर्साहा सबस्टेसनको मर्मत काम सकिएको छैन। रौतहट देखि मलंगवा सम्मको मिस्त्रीहरू मर्मतमा लागिरहेका दिउँसो सम्म बिद्युत् लाइन आपूर्ति सुरु हुने प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानो गौचरन मैदानलाई सुविधासम्पन्न बनाइँदै (तस्बिरहरु)
-
जीवी राईलाई नेपाल ल्याउने प्रयत्न जारी छ: गृहमन्त्री
-
नेपालले चीनतर्फ कहिलेदेखि निर्यात गर्छ भैँसीको मासु ?
-
विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
-
एनएमबि बैंक र यूएसएआईडीद्वारा पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
-
स्रोत नखुलेको रकमसहित पाँच जना पक्राउ