सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

त्रिकोणात्मक टी–२० शृंखला : नेपालले आज नेदरल्यान्ड्सको सामना गर्ने

बुधबार, १६ फागुन २०८०, ०६ : ४६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा आज नेपाल नेदरल्यान्ड्सविरुद्ध मैदान उत्रिँदै छ ।  हिजो नामिबियासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । 

नेपालले फागुन १८ गते नामिबिया र १९ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । शृंखलाको लिग चरणबाट शीर्ष दुई टोली उपाधिका लागि फाइनलमा भिड्नेछन् । फाइनल खेल फागुन २२ गते हुनेछ ।

आफ्नो पहिलो खेलमा मंगलबार घरेलु टोली नेपाललाई नामिबियाले नेपाललाई २० रनले हराएको थियो ।  टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सक्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप