गोली लागेको किस्सा सुनाउँदा रोए अभिनेता रितेश
काठमाडौँ । अभिनेता रितेश चाम्स आफ्नो कथा सुनाउँदा रोएका छन् । मंगलबार आयोजित एक कार्यक्रममा उनले आफ्नो विगत बताउँदै गर्दा भावुक भएका हुन् ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘गोर्खा वारियर’ले धन्यवाद भन्न आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रममा रितेश आफू बेलायती सेनामा रहँदा अफगानिस्तानको युद्धमा बेलायतको तर्फबाट भाग लिएको युद्धको दर्दनाक कथा सबैसामु शेयर गरेका थिए ।
‘म गाउँमा सामान्य परिवारमा जन्मेको हुँ । स्कुलको पढाई सकिएपछि वैदेशिक रोजगारीमा जाने निर्णय गरेँ । मसँग अमेरिका, अष्ट्रेलिया जाने पैसा नभएका कारण बेलायती सैनिकमा भर्ती लाग्नुबाहेक अरु विकल्प थिएन, त्यसैले म बेलायती सेनामा भर्ती लागेँ’, उनले भने, ‘बेलायती सेनामा केही वर्ष जागिर खाएपछि मैले बिदा लिएर पाईलट कोर्ष गर्ने निर्णय लिएँ र त्यो काेर्षको तयारीमा जुट्दै थिएँ । एक्कासि मलाई अफगानिस्तानको युद्धमा पठाउने निर्णय मेरो अफिसरहरुले गर्नुभयो । त्यो निर्णयलाई मैले मान्नु बाहेक अरु विकल्प थिए ।’ अफगानको युद्धमा ब्रिटिस गोर्खा सेनाका नेपालीहरुको मृत्यु र घाइतेको खबर आइरहेको भएका पनि आफूले जाने निर्णय गरेको उनले सुनाए ।
रितेशका अनुसार उनी टिम सहित अफगानिस्तानको मरुभूमिमा झर्दै थिए । जताततै धुलो उडेको थियो । उनको हेलीकोप्टरमाथि लगातार तालिवानले गोली बारुद वर्षायका थिए । हेलिकोप्टरबाट झरेर जवाफी फायर गर्ने क्रममा उनको तिघ्रामा कतीबेला गोली लाग्यो थाहा नै पाउनन् । एकछिनमा उनी रगताम्मे भए । उनलाई छाडेर हेलिकप्टर माथि आकाशमा उड्न थालेको थियो । तर माथिबाट एकजना अफिसरले आफू लडेको देखेपछि सबैको ज्यान जोखिममा पारेर त्यहाँबाट उद्धार गरेर अस्पताल पुर्याए । त्यो समय उनको खुट्टा नचल्ने अवस्थामा थियो ।’
‘जब मलाई डक्टरहरुले अब तिम्रो एउटा खुट्टा चल्दैन भन्नु भयो, त्यतिबेला मैले आफ्ना सबै सपनाहरु तुहिएको महसुस गरेँ । अस्पतालबाट डिस्चार्ज भएर म यस्तो डिप्रेसनमा गएकी मलाई सामान्य हुन तीन वर्ष लाग्यो’ उनले भावुक हुँदै भने, ‘तर मैले हिम्मत हारिन् । सबै प्रकारको थेरापी र आत्म विश्वासका कारण तीन वर्षमा म राम्ररी हिँड्न सक्ने भएँ र सामान्य जीवनमा आएँ ।’ त्यसपछि आफूले अमेरिकाबाट पाइलटको कोर्ष पुरा गरेर इन्टरनेशलन हवाई जहाज उडाउन थालेका सुनाए ।
‘मैले आफूलाई सामान्य नागरिकझैँ प्रस्तुत गर्न तेक्वान्डो खेल्दै गएँ र आफूलाई शारीरिक एवम मानसिक रुपमा फिट बनाएँ । अहिले म तेक्वादोमा थ्रि डान बन्न सफल भएको छु । मैले सो क्रममा नेपालको ८००० मिटर माथिको हिमाल पनि चढेँ भने स्काई डाईभिङ पनि गरेँ’, उनले थपे, ‘बेलायतबाटै अभिनयमा मास्टर डिग्री गरेपछि बल्ल म चलचित्र गोर्खा वारियरमा अभिनेता बन्न सफल भएको हुँ ।’
फिल्म ‘गोर्खा वारियर’ नै खेल्नुको कारणबारे रितेशले भने, ‘मेरा हजुरबुबा पनि ब्रिटिस सेनाको सिपाही हुनुहुन्थ्यो र उहाँ मलायको युद्धमा घाइते हुनु भएको थियो । म पनि बेलायती सेना भएर अफगानिस्तानको युद्धमा घाइते भएको थिएँ । गोर्खा वारियरको कथा हजुर बुबाको, मेरो र हामीजस्ता कैयौँ वास्तविक वारियर सिपाहीहरुको कथा थियो । जसरी भए पनि यो फिल्म खेल्नु पर्छ भनेर खेले ।’
‘गोर्खा वारियर’ मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मले अहिलेसम्म १ करोड ५१ लाख रुपैयाँको व्यापार गरेको जानकारी दिइयो ।
सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको फिल्म ‘गोर्खा वारियर’ रितेशको अलवा रेविका गुरुङ, विजय लामा, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राई, सुरज तमु, त्रिचु राई, दिग्गज खत्री, सिद्धार्थ सिंह, सरोज खालिङलगायतको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म