पोखरामा रवीन्द्र अधिकारीको स्मरण

पोखरा । पूर्व पर्यटन मन्त्री स्व. रवीन्द्र अधिकारीको छैटौँ स्मृति दिवस पोखरामा मनाइएको छ । पोखरा महानगरले संरक्षण गरेको सहिद पार्कमा निर्माण गरिएको स्व। अधिकारीको सालिकमा माल्यार्पण गरी रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दिवस मनाएको हो ।
२०७५ फागुन १५ गते अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो । पछिल्लो वर्ष उनको पूर्णकदको सालिक सहिद पार्कमा निर्माण गरिएको हो ।
माल्यार्पणपछि प्रतिष्ठानका सल्लाहकार तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले रवीन्द्रले गरेका बहुआयामिक कामको स्मरण गरे । ‘सानै उमेरमा राष्ट्रिय राजनीतिमा उहाँको अतुलनीय योगदान थियो । उहाँ शब्दबाट मुल्यांकन गर्न सक्ने व्यक्ति होइन । उहाँका सोच र दृष्टीकोणहरु परिपक्व र मार्गदर्शक थिए,’ उनले भने, ‘उहाँको अभाव हामीलाई पाइलै पिच्छे खड्किरहेको छ ।’ अधिकारीको मार्गदर्शनलाई पार्टी र नेता कार्यकर्ताले सँधै पछ्याइरहने उनको भनाई छ ।
स्व. अधिकारीले निष्ठाको राजनीति गरेकोले कुनै खोट लाउने ठाउँ नरहेको उनको दाबी छ । अधिकारी लगातार ३ पटक कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । अधिकारीकी धर्मपत्नी समेत रहेकी प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईले रवीन्द्रसँग समाज र देशलाई सम्हाल्ने तागत रहेको बताइन् । ‘उहाँसँग एउटा तागत थियो । सबैलाई मिलाएर लैजान सक्ने क्षमता थियो,’ उनले भनिन्, ‘मेरो परिवारमा मात्र होइन, सारा देशलाई नै उहाँको अभाव रहने छ ।’ खासगरी पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा स्व। अधिकारीले विशेष भूमिका खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी