क्यालिफोर्नियामा मुक्तिनाथ धाम मन्दिरको औपचारिक शिलान्यास

अमेरिका । क्यालिफोर्निया राज्यको बे एरियामा नेपालीहरूले स्थापना गर्न लागेको मुक्तिनाथ धाम मन्दिरको औपचारिक शिलान्यास गरिएको छ । रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमवार एक विशेष पुजा अर्चना गरी पण्डितहरु र धामका अध्यक्ष एवं पदाधिकारीहरूले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
मुक्तिनाथधामका अध्यक्ष अनिल पाण्डेका अनुसार नेपाल बाहिर शिलान्यास भई स्थापना हुन लागेको यो पहिलो मुक्तिनाथधामको मन्दिर हो । “यो नेपाल र नेपाल बाहिर बस्ने नेपालीहरूको लागि मात्र नभएर विश्वका सबै हिन्दुहरूका लागि गौरवको क्षण हो । किनभने मुक्तिनाथ धाम नेपालमा बाहेक अन्य स्थानमा छैन र पहिलो पटक नेपाल बाहिर क्यालिफोर्नियाको बे एरियामा स्थापना हुँदैछ”, पाण्डेले भने ।
मुक्तिनाथ धाम मन्दिरको शिलान्यास कार्यक्रमसँगै आगामी मार्च ८ मा महाशिवरात्रिको अवसरमा मन्दिरमा प्राण प्रतिष्ठा र लघु रुद्राभिषेकको विशेष तयारी सुरु भएको सल्लाहकार राजेश थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल
-
मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा