अख्तियारमा २८ हजार उजुरी, सार्वजनिक जग्गा अतिक्रमण बढ्दो : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक जग्गा अतिक्रमण बढ्दो मात्रामा रहेको बताएका छन् ।
आयोगले यस्ता विषयमा सूचना प्रविधिमा आधारित रहेर अनुसन्धान गरिरहेका बताएका छन् । मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले अयोगले २८ हजार उजुरीमाथि अनुसन्धान गरिरहेको बताए ।
उनले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचार बारेमा अनुसन्धान जारी रहेको बताए । बाहिरबाट सूचना लिनको लागि सरकारले चाँडो बाइलेक्टर सहमति गरिदिनुपर्ने बताए ।
यस्तै उनले टेरामक्स खरिदबारे अनुसन्धान भइरहेको र टेप काण्डको छानबिन गरिरहेको उल्लेख गरे । चमेलिया आयोजनाको टुंगो लगाउन बाँकी रहेको बताउँदै उनले वन उपभोक्ता समिति धेरै भएकोले उनीहरूमाथि अनुसन्धान गर्न कठिनाइ रहेको बताए ।
अख्तियारमा काम गर्न जनशक्तिको कठिनाइ रहेको बताउँदै उनले दुई वर्ष बसेपछि कर्मचारी बस्न नमान्ने अवस्था रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो सिमेन्टको मूल्य
-
स्पेनमा खानीमा भएको दुर्घटनामा दुईको मृत्यु, चार बेपत्ता
-
घिब्ली शैलीको एआईचित्रबारे चर्कियो बहस : यो कलाको अपमान हो
-
मिल्न छाडेर एकअर्काविरुद्ध लाग्दै गैरआवासीय नेपाली संघका दुई पक्ष
-
ईयू कोष दुरुपयोग मामिलामा दोषी भेटिइन् मरिन लि पेन
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?