नेविसंघ अध्यक्ष शेर्पालाई गगन समूहले बुझायो ज्ञापनपत्र

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा समूहले नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पालाई ज्ञापनपत्र बुझाएको छ । थापा निकट नेविसंघ केन्दीय सदस्य बिजय ढुंगानाको नेतृत्वको टोलीले मंगलबार अध्यक्ष शेर्पालाई ६ बुँदे ज्ञापनपत्र बुझाएको हो । अध्यक्ष शेर्पाले नेविसंघको प्रथम केन्द्रीय समिति बैठक बोलाएका थिए । तर आन्तरिक विवादले केन्द्रीय समिति बैठक अनिश्चित छ । सहमतिका लागि थापा समूहले सङ्गठनभित्र विधि, विधान र पार्टीको निर्णय विपरीत भएका मनोनयन र नियुक्तिको खारेजीको माग गरेको छ । यस्तै कार्यसम्पादन समिति लगायत विभाग तथा समितिको गठन र स्वरूपका विषयमा छलफल हुनपर्ने उनीहरुको माग छ ।
नेविसंघको विधान संशोधन एवं परिमार्जन, केन्द्रीय निर्वाचन समिति र महाधिवेशनको मिति र कार्यतालिकाबारे अध्यक्षको ध्यानाकर्षण गराएको ढुंगानाले बताए ।
नेविसंघको कार्यक्रम, अभियान, बैठकको प्रक्रिया र तालिका तथा प्रस्तुत हुने प्रतिवेदन समेत बैठकमा उपस्थित सम्पूर्ण केन्द्रीय सदस्यलाई बैठक सुरु हुनु पूर्व उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि विश्व खोप सप्ताह, आजै ‘इन्टरनेशनल ग्रल्स आइसिटी डे’
-
‘लाठे’ लोकतन्त्र किन लड्बडायो ?
-
आज राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
-
गण्डकी प्रशिक्षण प्रतिष्ठानमा तिवारी नियुक्त
-
लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ : कार्यवाहक सभापति खड्का
-
‘अनलाइन’बाटै नागरिकता सिफारिस गर्दै बैतडीका स्थानीय तह