सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

११ बलमा २६ रन बनाउँदै आउट भए सोमपाल

मङ्गलबार, १५ फागुन २०८०, १४ : ४१
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो आठौँ विकेट पनि गुमाएको छ । नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको हो ।

उनी ११ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका हुन् । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराए । १७.१ ओभरमा सोमपाल आउट हुँदा नेपालले एक सय ७० रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप