सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

६ रन बनाउँदै आउट भए विवेक

मङ्गलबार, १५ फागुन २०८०, १४ : २८
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो सातौँ विकेट पनि गुमाएको छ । नेपालले सातौँ विकेटका रूपमा विवेक यादवलाई गुमाएको हो । 

उनी चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका हुन् । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराएका हुन् । १४.२ ओभरमा विवेक आउट हुँदा नेपालले एक सय ३४ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप