आचार्यको निधनसँगै नेपाली संगीतको एउटा अध्याय समाप्त : थापा
मङ्गलबार, १५ फागुन २०८०, १४ : २७

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीत/संगीतमा एउटा अध्याय समाप्त भएको बताएका छन् ।
सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका थापाले सांगीतिक क्षेत्रमा अग्रपङ्क्तिमा नाम लिने आचार्यको निधनसँगै देशलाई ठुलो क्षति पुगेको बताएका हुन् ।
उनले आचार्यको भौतिक शरीर नरहे पनि उनको सिर्जना कालजयी रहने बताए । उनले भने, ‘भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्रपङ्क्तिमा नाम आउने उहाँकै थियो । नेपाली संगीतलाई मैले धेरै कुरा दिएँ भन्नेमा धेरै नै सन्तोष थियो होला । नेपाली संगीतलाई अझै निरन्तर दिनका लागि मैले मेरा दुई छोरा लगातार यो कर्ममा हुनुहुन्छ भन्ने सोच्नुभएको थियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोर्कापण
-
बुटवलमा ललितकला प्रदर्शनी सुरु
-
हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने
-
पूर्वराजाबारे प्रचण्ड : इतिहासको रछ्यानमा मिल्क्याइएका तत्त्वहरू सल्बलाए
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसद्को मुद्दा अघि बढाउँछौँ : भुसाल
-
एलिनाको ‘याद बाँकी छ’ गीतको भिडियोमा उनकै कथा