सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

छैटौँ विकेटका रूपमा पेभेलियन फर्किए सन्दीप जोरा

मङ्गलबार, १५ फागुन २०८०, १४ : २३
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो छैटौँ विकेट पनि गुमाएको छ । नेपालले छैटौँ विकेटका रूपमा सन्दीप जोरालाई गुमाएको हो । उनी पाँच बलमा पाँच रन बनाउँदै आउट भएका हुन् ।

उनलाई नामिबियाका बलर लफ्टी ईटनले फ्राइलिंकद्वारा क्याच गराए । फ्राइलिंकले लिएको यो तेस्रो क्याच हो । १३.३ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय २७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप