आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

२१ बलमा ३२ रन बनाउँदै पेभेलियन फर्किए कुशल मल्ल

मङ्गलबार, १५ फागुन २०८०, १४ : ०५
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो चौथो विकेट पनि गुमाएको छ । नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो । 

पेभेलियन फर्किनुअघि उनले २१ बलमा एक छक्का र चार चौकाको मद्दतले ३२ रन बनाए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले कप्तान स्मितद्वारा क्याच गराए । ९.५ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९१ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप