आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

२४ बलमा ४२ रन बनाउँदै आउट भए कप्तान रोहित

मङ्गलबार, १५ फागुन २०८०, १३ : ५३
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो पहिलो खेलमा नामिबियाले दिएको दुई सय सात रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली नेपालले आफ्नो तेस्रो विकेट पनि गुमाएको छ । तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ४२ रन बनाउँदै आउट भए । 

पेभेलियन फर्किनुअघि रोहितले केवल २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए । उनलाई नामिबियाका बलर ईटनले फ्राइलिंकद्वारा क्याच गराए । ७.३ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ७७ रन बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप