जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले पोखे दुध
मङ्गलबार, १५ फागुन २०८०, १३ : ४८

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुर अगाडि किसानले दूध पोखेर विरोध गरेका छन् ।
ललितपुर जिल्ला दुग्ध उत्पादन सहकारी संघ लिमिटेडले दुग्ध उत्पादक किसानको ११ बुँदे मागसहितको ज्ञापन पत्र बुझाउने क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय अगाडि किसानले दुध पोखेका हुन् । उनीहरूले ८० लिटर दुध सडकमा पोखेको बताइएको छ ।
जिल्लामा ६३ वटा संस्थाहरू आबद्ध भई ६ हजार सदस्य तथा १५ हजार कृषक दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा मासिक साढे १ लाख लिटर दुध उत्पादन हुँदै आएको संघले जनाएको छ । मासिकरुमा ७० हजारदेखि ७५ हजार लिटर दुध बिकी हुँदैमा १५ करोड बढी आम्दानी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशद्वारा नेपालसहित भारत र भुटानबाट विभिन्न सामग्री आयातमा रोक
-
अमेरिकासँग रोममा दोस्रो चरणको आणविक वार्ता गर्दै इरान
-
इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्दै छौँ : बालेन
-
वार्षिक नीति तर्जुमा गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय
-
टेस्लाकी ‘ह्विसलब्लोअर’ले जितिन् मस्कविरुद्धको लडाई
-
ट्रम्प ट्यारिफले अमेरिकी अर्थतन्त्रमा धक्का दिन्छ: फेड अध्यक्ष जेरोम पावेल