नामिबियाका ईटनले तोडे कुशल मल्लको नामको विश्व कीर्तिमान
मङ्गलबार, १५ फागुन २०८०, १३ : ००
![नामिबियाका ईटनले तोडे कुशल मल्लको नामको विश्व कीर्तिमान](https://npcdn.ratopati.com/media/news/eaton_Wymm5OpJ5T.jpg)
काठमाडौँ । नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृङ्खलाको नेपालविरुद्धको खेलमा उनले यस्तो कीर्तिमान बनाएका हुन् । ईटनले केवल ३३ बलमा शतक पुरा गरेका हुन् । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदअन्तर्गत खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?