माओवादी बैठक : को–को बन्दैछन् इन्चार्ज ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रमा विभिन्न प्रदेश र कमिटीहरूको कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको छ । मंगलबार बसेको पार्टीको स्थायी समिति बैठकमा जनप्रतिनिधिहरूले स्थानीय पालिका, प्रदेश सांसदहरूले प्रदेश तथा संघीय सांसदहरू सभा तथा ऐन कानुन निर्माणमा बढी केन्द्रित हुने गरी कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको हो ।
यसअनुसार कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल, मधेस प्रदेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कलिबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्तावित गरिएको छ ।
त्यस्तै, विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीको नाम प्रस्तावित गरिएको छ । सम्भवतः यिनै नामहरूमा भोलि सहमति जुट्ने स्थायी समिति सदस्य देवेन्द्र पौडेलले रातोपाटीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना