समाजकल्याण परिषद्की बोर्ड सदस्य आस्था केसीलाई लेखा समितिबाट बाहिर निकालियो

काठमाडौँ । समाजकल्याण परिषद्की बोर्ड सदस्य सुशीला केसी ( आस्था) लाई लेखा समितिको बैठकबाट बाहिर निकालिएको छ । मंगलबार संसद्को लेखा समितिमा समाजकल्याण परिषद्मा भइरहेको भ्रष्टाचारलगायत विषयमा छलफल भइरहँदा असंसदीय गतिविधि गरेको आरोपमा उनलाई बैठक स्थलबाट बाहिर निकालिएको हो ।
बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देश भाँड्नमा समाजकल्याण परिषद्को भूमिका रहेको र पार्टीका आफन्त भर्ती केन्द्र भएको आरोप लगाएका थिए । उनले पहिला राजाको पालामा रानीको काम नभएका कारण समाज कल्याण परिषद् खोलेर आसेपासे राखेजस्तै गणतन्त्रमा नेताका आफन्त र आसेपासे भर्तीकेन्द्र भएको आरोप लगाए ।
एनजिओ आईएनजिओको अनुगमन गर्न सक्दैन भने समाज कल्याण परिषद्को काम नभएको उनले बताए । आफ्नो भनाई राखेर समिति सभापति सँग अनुमति लिएर बाहिर निस्कनै लाग्दा परिषद्की बोर्ड सदस्य केसीले आफूले जे मन लाग्यो त्यही बोलेपछि जवाफ सुनेर जानुपर्दैन भनेर सांसद सिंहलाई भनिन् । त्यसपछि दुई जनाको विवाद भएपछि सभापति ऋषिकेश पोखरेलले केसीले असंसदीय गतिविधि गरेको भन्दै बैठकबाट बाहिर निस्कन आदेश दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
-
मंसिर वा फागुनमा पुग्न सक्छ रास्वपाको महाधिवेशन
-
प्रसाईंको दुई साता : भारतका ३ सहर घुमेर हिन्दुवादीको घरमा ‘सेल्टर’
-
दुर्गा प्रसाईंका अंगरक्षक खड्कालाई पनि १२ दिन म्याद थप
-
प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
-
स्थानीय तहमा निर्वाचित ३६ हजार बढी दलीय जनप्रतितिनिधको पद खारेजको मागसहित सर्वोच्चमा रिट