सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

नेपालविरुद्ध नामिबियाले बनायो १० ओभरमा ६० रन

मङ्गलबार, १५ फागुन २०८०, १२ : १७
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको नेपालविरुद्धको पहिलो खेलमा नामिबियाले १० ओभरमा दुई विकेट गुमाएर ६० रन बनाएको छ । नामिबियाका ओपनर ब्याट्सम्यान मलान क्रुगर २१ र चौथो नम्बरका ब्याट्सम्यान जन फ्राइलिंक पाँच रन बनाउँदै क्रिजमा छन् । नामिबियाको रन रेट ६.०० रहेको छ । 

नामिबियाको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् । उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेनलाई २० रनको ब्यक्तिगत स्कोरमा आउट गरेका थिए । करणले उनलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । छैटौँ ओभरको अन्तिम बलमा माइकल आउट हुँदा नामिबियाले ३६ रन बनाएको छ ।
 
नामिबियाको दोस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले नामिबियाका तेस्रो नम्बरका ब्याट्सम्यान जिन पियर कोट्जीलाई बिवेक यादबद्वारा क्याच गराएका थिए । बिवेकले बाउन्ड्री रोपनजिकै उत्कृष्ट क्याच लिएका थिए । पेभेलियन फर्किनुअघि कोट्जीले ११ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा नामिबियाले ४९ रन बनाएको थियो । नामिबियाले टस जिती पहिले ब्याटिङको निणर्य लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप