उज्बेकिस्तानमा कफ सिरप काण्डमा २१ जनालाई जेल सजाय
विषाक्त कफ सिरप सेवनका कारण ६८ जना बालबालिकाको मृत्यु भएको मामिलामा उज्बेकिस्तानको सर्वोच्च अदालतले २१ जनालाई जेल सजाय सुनाएको छ । सोमबार अदालतले विषाक्त कफ सिरप काण्डमा दोषी ठहर भएका ती २१ जनालाई २०/२० वर्षको जेल सजाय सुनाएको हो ।
यिनीहरूलाई भ्रष्टाचार, धोखाधडी, लापरवाही र जालसाझीको मामिलामा अदालतले दोषी ठहर गरेको थियो । सजाय पाउनेमा भारतीय व्यवसायी राघवेन्द्र प्रताप पनि भएको बताइएको छ । सन् २०२२ देखि सन् २०२३ को बीचमा उज्बेकिस्तानमा कम्तीमा पनि ८६ जना बालबालिकाहरूले विषाक्त कफ सिरप खुवाइएको थियो । यीमध्ये ६८ जना बालबालिकाको मृत्यु भएको थियो । विषाक्त औषधि भारतको फर्मा कम्पनी मेरियन बायोटेकले बनाएको थियो ।
डब्ल्यूएचओले सिरपबारे जारी गरेको थियो अलर्ट
मेरियन बायोटेकको एम्ब्रोनोल सिरप र डीओके–१ म्याक्स नाम गरेका खोकीको दुईवटा झोल औषधि बालबालिकालाई सेवनका लागि दिन नहुने भन्दै जनवरी २०२३ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अलर्ट नै जारी गरेको थियो । यो मामिला बाहिर आएपछि भारत सरकारले सन् २०२३ को मार्चमा मेरियन बायोटेकको उत्पादन लाइसेन्स नै रद्द गरिदिएको थियो ।
अनुसन्धानका क्रममा दुवै सिरपमा डाइथिलिन ग्लाइकोल वा इथिलीन ग्लाइकोल अत्यधिक मात्रामा पाइएको थियो । इथिलिन ग्लाइकोल कार्बन कम्पाउन्ड हो । यसबाट गन्ध आउँदैन । यो रङ्गहीन हुन्छ । बच्चाहरूले सेवन गर्ने खोकीको झोल औषधिमा यसलाई मिसाइन्छ । तर यसको मात्रा असन्तुलित भयो भने यो प्राणघातक समेत हुन सक्छ । अमेरिका, अस्ट्रेलिया र युरोपेली देशमा डाइथिलिन ग्लाइकोल वा इथिलीन ग्लाइकोलको प्रयोगमा बन्देज लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नासाको ‘पार्कर सोलार प्रोब’ सूर्यको सबैभन्दा नजिक पुग्यो
-
पोखराको फेवाताल किनारमा शनिबारदेखि सडक महोत्सव
-
बराहक्षेत्र मन्दिर परिसर बाढीको जोखिममा
-
त्रिविको ५० औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
-
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
-
१० बजे १० समाचार : नयाँ पार्टी घोषणाको तयारीमा रावल, बालेनसँग संवादमा रास्वपा