काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको ९ नम्बर पशुपति बाहिनी मुख्यालयले केबलकारमा आपत्कालीन उद्धार अभ्यास गरेको छ । केबलकारमा हुन सक्ने कुनै पनि दुर्घटनाबाट उद्धार कसरी गर्नेबारे जानकारी दिँदै अभ्यास सञ्चालन गरिएको हो ।
केबलकार सुरक्षा एवं उद्धार अति नै चुनौतीपूर्ण रहेको कुरालाई दृष्टिगत गर्दै पशुपतिनाथ बाहिनी र चन्द्रागिरि हिल्स प्रा.लि. को संयुक्त आयोजनामा सो उद्धार अभ्यास गरिएको थियो ।
अभ्यास केबलकार प्रविधिलाई पूर्णतः सुरक्षित बनाउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।
प्रतिक्रिया