आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला

करण केसीले लिए नामिबियाको पहिलो विकेट

मङ्गलबार, १५ फागुन २०८०, ११ : ५९
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाको पहिलो विकेट लिएको छ । नामिबियाको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।

उनले नामिबियाका ओपनर ब्याट्सम्यान माइकल भान लिनगेनलाई २० रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए । करणले उनलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । छैटौँ ओभरको अन्तिम बलमा माइकल आउट हुँदा नामिबियाले ३६ रन बनाएको छ । नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप