‘ह्रस्व दीर्घ’को पोस्ट प्रोडक्सनमै अमेरिका राइट बिक्री

काठमाडौँ । अभिनेत्री निता ढुङ्गानाले निर्माण गरेको फिल्म हो ‘ह्रस्व दीर्घ’ । फिल्म अहिले पोस्ट प्रोडक्सनमा छ । फिल्मको रिलिज मिति अागामी असोज ११ बताइएको छ । नेपाली र साउथ कलाकारको अभिनय रहेको फिल्म प्रोडक्सन नसकिँदै अमेरिका तथा क्यानडा प्रदर्शन अधिकार विक्री भएको छ । निर्माण युनिटले फिल्मको यी दुई प्रदर्शन अधिकार रमेश भट्टको एभ्रेष्ट इन्टरटेनमेन्ट तथा अभिजित राई इ–पिक इन्टरटेन्मेन्टले संयुक्त रूपमा लिएको जानकारी दियो ।
नेपाली तथा तेलेगु भाषामा रिलिज हुने फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन् । फिल्ममा दक्षिण भारतीय कलाकार ब्रम्हानन्दम, विजय रावतको समेत अभिनय छ ।हरिहर अधिकारीले लेखेको फिल्ममा हरिहर र निताका अलावा बिपना थापा, सरोज खनाल, गरिमा शर्मा, सञ्चिता लुईँटेल, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, रवीन्द्र झालगायत नेपाली कलाकारको अभिनय छ ।
रिमा गरिदैं आइएको छ। सिनेमा आगामी वर्षको दसैँको पूर्वसन्ध्यमा असोज ११ गते रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्रीबाट राजीनामा दिएकै दिन विद्या भट्टराईले छाडिन् क्वार्टर
-
गिलको ९० रनको योगदान, कोलकातालाई गुजरातले दियो १९९ रनको लक्ष्य
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रिजाल निर्वाचित
-
गुल्मी आँपचौर सेवा समिति जापानको आठौँ अधिवेशन सम्पन्न
-
विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन स्थगित हुँदैन : अध्यक्ष सुवेदी
-
बागमती सरकारको नीति कार्यक्रम बनाउन ‘दलीय कार्यदल’ गठन