मिटरब्याज पीडितसँग सरकार डराएकै हो ?

काठमाडौँ । सरकारले सिंहदरबारको फुटपाथमा आजबाट हिँडडुल गर्न रोक लगाएको छ । सिंहदरबारसँगै टाँसिएको फुटपाथ डोरी टाँगेर विपरीत दिशाको फुटपाथ प्रयोग गर्न भनिएको छ ।
कडा सुरक्षाबिच पनि सोमबार मिटरब्याजी पीडितहरू एकाएक संसद् भवन बानेश्वरमा छिरेर नाराबाजी गरेपछि अल्तालिएको सरकारले निषेधित क्षेत्र भएकाले विपरीत दिशाको फुटपाथ प्रयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सिंहदरबार परिसर पहिल्यैदेखि निषेधित क्षेत्र भए पनि सर्वसाधारणलाई असुविधा हुने देखिएकाले हिँडडुल गर्न दिइए पनि अब कडाइ गरिने बताए । सरकार मिटरब्याजीपीडितसँग डराएको हो ? भन्ने प्रश्नमा उनले रातोपाटीसँग भने, ‘डराउने/नडराउने भन्दा पनि हिजो संसद् भवन परिसरमा जे हुन नहुने थियो, त्यो भयो । त्यो घटना आफैँमा संवेदनशील थियो । अब हामी काठमाडौँका निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्छौँ ।’
उनले मिटरब्जाजी पीडितका सन्दर्भमा मातहत गृह मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरूण कपको उपाधि घतान र अन्नपूर्णलाई
-
गण्डकीले खारेज गर्यो दुग्ध विकास बोर्ड, विज्ञान प्रविधि प्रतिष्ठान र ताल प्राधिकरण
-
उपल्लो मुस्ताङको उच्च लेकमा हिमपात
-
प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन
-
बालेनलाई शंकरको जवाफ : कार्यकारी अधिकृत किन जान मानेका छैनन भन्नेमा ध्यान पुगेन
-
१० बजे १० समाचार : जसपा र लोसपालाई अध्यादेशमा मनाउने प्रयास, कांग्रेस र एमालेमा महाधिवेशनको चर्चा