नेविसंघको विवाद मिलाउन अध्यक्ष शेर्पाको दौडधुप, शेखर-गगन समूह नमिल्दा सहमति नभएको आरोप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली विद्यार्थी संघ (नेविसंघ) विवाद मिलाउने प्रयास असफल भएको छ । अध्यक्ष दुजाङ शेर्पाले १५ फागुनमा ‘ऐतिहासिक प्रथम बैठक तथा सम्मान कार्यक्रम’ बोलाएपछि नेविसंघको विवाद सतहमा आएको हो ।
तदर्थ समिति विस्तार भएको ६ महिनापछि बस्न लागेको पहिलो बैठकमा नेविसंघको शेखर कोइराला—गगन थापा समूह आफेना मागको सुनुवाइ नभएसम्म सहभागिता नजनाउने अडानमा छ । सोमबार दिनभर अध्यक्ष शेर्पाले शेखर–गगन समूहसँग छलफल गरेपनि सहमति हुन नसकेको नेविसंघ केन्द्रीय सदस्य अनुप सुनुवारले बताए । अध्यक्ष शर्पा निकट सुनुवारले भने, 'अध्यक्षले आज दिनभर शेखर दाइ र गगन दाइको समूहसँग छलफल गर्नुभयो । उहाँलाई मिलेर आउन अध्यक्षले भन्नुभयो । तर उहाँहरू मिलेर नआउँदा सहमति हुन सकेको छैन ।'
शेखर-गगन समूह मिलेर आउँदा सहमतिका लागि आफू तयार गरेको शेर्पाले बताउँदै आएका छन् । शेखर-गगन समूहको आन्तरिक भागबन्डा नमिल्दा नेविसंघ केन्द्रीय समिति बैठकलाई असर परेको शेर्पा पक्षको दाबी छ । उनीहरु मिलेर आउँदा पावरसेरिङका लागि तयार रहेको शर्पाको भनाइ छ । 'उहाँहरुबिच कुरा नमिल्दा केन्द्रीय समिति र महाधिवेशन प्रभावित हुने अवस्था बनेको छ । उहाँको गुटबन्दीले नेविसंघलाई कहिलेसम्म बन्दी बनाउने सोचनीय छ,' सुनुवारले भने ।
यता शेखर–गगन समूहले अध्यक्ष शेर्पाले कांग्रेस कार्यसम्पादन समितले गरेको निर्णय उल्लघन गरेपछि विवाद सुरु भएको आरोप लगाएको छ ।
काठमाडौं, धादिङ, सुनसरी, दोलखा, मकवानपुर, बारा, नवलपरासी (वर्दाघाट सुस्तापश्चिम) लगायतका जिल्लामा पार्टीका जिल्ला सभापतिको सिफारिस विपरीत नेविसंको जिल्ला अध्यक्ष तोकिएको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।
महाधिवेशन पूर्व गर्नुपर्ने आधारभूत कामहरु समेत नगरेर आगामी असार १५ मा महाधिवेशनको मिति तोकिएको उनको भनाइ छ । अध्यक्ष शर्माले नेविसंघको १२ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा
-
संविधान कार्यान्वयनलाई सहज बनाउन संशोधन गर्नुपर्छ : कोइराला