केपी ओली इटहरी जाने कार्यक्रममा किचलो : मेयर पौडेलले गरे कार्यक्रम स्थगित

इटहरी । इटहरीको कचना बुढीगंगा महादेव माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ । कार्यक्रम स्थगित भएपछि इटहरीमा किचलो सुरु भएको हो ।
इटहरी उपमहानगरपालिका वडा नं ४ मा रहेको नवनिर्मित भवनको उद्घाटन फाल्गुण १६ गते पूर्व प्रधानमन्त्री एवं प्रतिनिधिसभाका विपक्षी दलका नेता खड्गप्रसाद ओलीले गर्ने कार्यक्रम स्थगित भएसँगै नेकपा एमालेले केपी ओलीलाई ल्याएर कार्यक्रम गर्ने सामाजिक सन्जालमा बताउँदै आएको छ ।
आगामी फाल्गुन १६ गतेका लागि तय भएको भवन समुद्घाटन कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुँदाहुँदै उक्त कार्यक्रमलाई सभ्य,भव्य,अनुसासित र मर्यादित बनाउन तत्काललाई स्थगित भएको हो ।
मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएको तर कार्यक्रम व्यवस्थापनको आवश्यक तयारी गर्न समय नभएपछि कार्यक्रम न स्थगित भएको इटहरी उपमहानगरपालिकाको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म