संसद्मा आन्दोलनकारी प्रवेश गरेपछि दुई दर्जन प्रहरीको जिम्मेवारी खोसियो
_7b6CjuxUar.jpg)
काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आन्दोलनकारी प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय झन्डै दुई दर्जन हाराहारीमा प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी विशेष कार्यदलका दुई दर्जन प्रहरीलाई फिर्ता बोलाइएको हो ।
उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ । ‘अवधि पनि पुगेको थियो । अहिले यो घटना पनि हुन पुग्यो । दुई दर्जन जति प्रहरी कर्मचारीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय भइसकेको छ’, प्रहरी प्रधान कार्यालयका एक अधिकारीले बताए ।
सोमबार दिउँसो लघुवित्त पीडित आन्दोलनकारीहरू एकाएक संसद् भवन छिरेर प्रदर्शन गरेका थिए । उनीहरू दुई नम्बर गेटबाट प्रवेश गरेर प्रदर्शन गरेका हुन् । यस मामिलामा गृहमन्त्रीसमेत असन्तुष्ट बन्दै सुरक्षा निकायका प्रमुखहरूसँग चासो राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चट्याङ लागेर दुई महिला गम्भीर घाइते
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले