स्कुटर चोरीमा संलग्न युवक पक्राउ

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नं. ११ बस्ने २१ वर्षीय विष्णु भट्टराई रहेका छन् ।
गत फागुन ११ गते बनेपा नगरपालिका-७ स्थित चार दोबाटो चोकबाट दिउँसो पार्किङ गरेको स्थानबाट बा.प्र.०२-०२५ प ५५९५ नं. को रातो रङ्गको होण्डा डीयो कम्पनीको स्कुटर हराएको थियो । यसबारे इलाका प्रहरी कार्यालय बनेपामा सूचना प्राप्त हुन साथ सो क्षेत्र आस पासका सी.सी. क्यामेराको फुटेजको सूक्ष्म विश्लेषण तथा अनुसन्धान पश्चात् उक्त स्कुटर चोरी गरी लाने व्यक्तिको पहिचान गरिएको थियो ।
उनको खोजतलास गर्ने सन्दर्भमा फागुन १२ गते जिल्ला धादिङ थाक्रे गाउँ पालिका वडा नं. ६ महादेववेशीबाट धादिङ प्रहरीसँगको समन्वयमा उक्त स्कुटर चोरीमा संलग्न भट्टराई तथा चोरीको स्कुटरसमेत बरामद गरिएको थियो । उनलाई चोरी कसुरमा सम्मानित जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट दिन ५ (पाँच) को म्याद थप अनुमति भई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा भुलेर पनि खान हुँदैन यी पाँच कुरा
-
कमल थापाले बोलाए पदाधिकारी बैठक
-
मिलन नेवारलाई भारतमा 'स्वर कोकिला लता मंगेशकर सम्मान'
-
‘जरिबाना राजसंस्था र राप्रपाप्रति बालेनको वक्रदृष्टि हो, हामी एक लाख तिर्दैनौँ’
-
च्याम्पियन्स ट्रफी जितेपछि भारतीय कप्तान शर्माले भने– यस्ता भ्रम नफैलाइयोस्
-
सूचना प्रविधि पढेका रोशन : १ अर्ब ८७ करोडको क्रिप्टो कारोबार तर, गोजी रित्तै