इलाम उपनिर्वाचनका लागि तातियो रास्वपा, सहमहामन्त्री बुर्लाकोटीलाई पठाउने
सोमबार, १४ फागुन २०८०, १९ : २३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको तयारी सुरु गरेको छ । आज बसेको पार्टी सचिवालयको बैठकले पार्टीले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई उपनिर्वाचन लक्षित गरेर इलाम पठाउने भएको हो ।
इलामको बसाईमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल व्यवहार गरेर सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन
-
सुनसरी मोरङका उद्योगीद्वारा अर्थमन्त्रीलाई औद्योगिक वातावरण सुधारको माग
-
ज्यस्नु र शुभश्रीलाई स्वर्ण
-
देवेन्द्रलाल नेपाली : शेरबहादुर र दमनका गुरु ‘नागरिक आयोग’का संयोजक
-
पत्रकार सुरेश रजकको १३ औँ पुण्य तिथिमा पत्रकार महासंघले गर्यो दीप प्रज्वलन [तस्बिरहरु]
-
राजावादीको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार रजकको १३ औँ पुण्य तिथिमा दीप प्रज्वलन