संसद्मा सुरक्षा चुक, गृहमन्त्री रुष्ट

काठमाडौँ । नयाँ बानेश्वर स्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छलफल गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई सिंहदरबारमा बोलाएका छन् । तीनवटै सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्री श्रेष्ठबिच अहिले गृह मन्त्रालयमा छलफल भइरहेको छ ।
बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छन् । उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागी छन् ।
सुरक्षा प्रमुखहरूले संसद् भवन परिसरमा लघुवित्तका ऋणीहरू प्रवेश गरेकोबारे ‘ब्रिफिङ’ गरिरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । सो घटना छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन
-
धरानको जङ्गलमा भेटिएकी महिलाको पहिचान खुल्यो, घटना शंकास्पद
-
नेकपा एस कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का सर्वसम्मत
-
तस्बिरमा हेर्नुहोस् वर्षा पछि खुलेको काठमाडौँको आकाश
-
पच्चिस तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा
-
त्रिविका उपकुलपतिको राजीनामापछि विश्वविद्यालय उपकुलपतिविहीन