एन्फा साधारण सभाबाट २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन

काठमाडौँ । नेपाल फुटबल संघ (एन्फा) ले २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको छ । सोमबार ललितपुरमा बसेको एन्फाको साधारण सभाले २०८०÷०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेको हो ।
साधारण सभाबाट ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेको पनि एन्फा प्रवक्ता सुरेश साहले बताए । उनले साधारण सभाले लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय गरेको जानकारी दिए । यसअघि नै एन्फाले दीपक खातीको संयोजकमा प्रवीणकुमार झा र सुकबहादुर गुरुङको सदस्यतामा लेखा परीक्षण तथा अनुपालन समिति बनाएको थियो ।
उनले भने, ‘आज हामीले नियमित साधारण सभा समापन सम्पन्न गरेका छौँ । ०७९/०८० को बजेट अडिटलाई अनुमोदन गरेका छौँ । २०८०/०८१ को बजेट तथा कार्यक्रमहरू अनुमोदन गरेका छौँ । लेखा परीक्षण तथा अनुपालन समितिको कार्यकाल थप गर्ने निर्णय भएको छ । त्यसमा दीपक खाती संयोजक, प्रवीणकुमार झा सदस्य र सुकबहादुर गुरुङ सदस्य हुनुहुन्छ । २०८०/८१ को हाम्रो अनुमानित बजेट ६७ करोड, ६७ लाख ६६ हजार ०६० रहेको छ । खर्चको पनि ६७ करोड ६६ लाख रुपैयाँ पास गरिसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म