बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्पबाट प्रभावित पालिकाहरु ‘विपत संकटग्रस्त’ क्षेत्र घोषणा

सोमबार, १४ फागुन २०८०, १७ : ५६
सोमबार, १४ फागुन २०८०

काठमाडौँ  सरकारले जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट  प्रभावित पालिकाहरुलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ती क्षेत्रलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  

गत कार्तिक १७ गते गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिममा धेरै जनधनको क्षति भएको थियो । भूकम्पमा परी १५३ जनाले ज्यान गुमाएका थिए भने लाखौं घरहरु क्षतिग्रस्त भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप