सवारी ज्यान मुद्दामा धर्मेन्द्र बास्तोला दोषी ठहर

काठमाडौँ । सवारी ज्यान मुद्दामा क्रन्तिकारी कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्रप्रसाद बास्तोला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
आइतबार दाङ जिल्ला अदालतका न्यायधीश मनोजकुमार श्रीवास्तवको इजलासले बास्तोलालाई दोषी ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएका हुन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय वसन्तराम चौधरीको मृत्यु भएको थियो ।
सोही मुद्दामा प्रहरीले बास्तोलाविरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा २ बमोजिम कैद र जरिवानाको मागदावी लिई मुद्दा दायर गरेको थियो । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने देखिँदा देखिँदै अपनाउनुपर्ने सावधानी नअपनाई सवारी ज्यान मरेमा त्यसलार्य लापरबाही मानिने र त्यसरी सवारी चलाउनेलाई ३ देखि १० वर्षसम्म कैद र ३ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
तर अदालतले भने ऐनको दफा १६१ को उपदफा ३ बमोजिमको कसुर ठहर गर्दै १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवाना गरेको हो । उक्त दफामा कसैको ज्यान जानसक्छ भन्ने नदेखिएको अवस्थामा सवारी चलाउँदा दुर्घटना भई ज्यान मरेमा १ वर्षसम्म कैद र २ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार बास्तोलालाई १ वर्ष कैद सजाय हुने व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक
-
टाटा नेक्सनको नयाँ भर्जन के थ्री नेपालमा, मूल्य कति ?