सहकारी र अनौपचारिक अर्थतन्त्रको प्रभाव बढ्दा समस्या आयो : गभर्नर अधिकारी

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले मुलुकको ठुलो अर्थतन्त्र सहकारी र अनौपचारिक क्षेत्रमा केन्द्रित बन्दा समस्या आएको बताए । सोमबार नेपाल बैंकर्स संघ (एनबीए) ले पछिल्लो समय बैंकिङ क्षेत्रले भोगिरहेको समस्याका बारेमा छलफल कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सहकारी र अनौपचारिक क्षेत्रको ठुलो आर्थिक गतिविधिले समस्या थपिएको बताए ।
‘मुख्यतः मुलुकको अर्थतन्त्र दुई वटा कारणले समस्यामा छ । पहिलो सहकारी र अर्को अनौपचारिक आर्थिक गतिविधि । हामीले मानेपनि नमाने पनि अहिले पनि ठुलो आर्थिक गतिविधिको हिस्सा सहकारीको क्षेत्रमा छ । धेरै आर्थिक कारोबार सहकारीमा केन्द्रित हुँदा अहिले समस्या आइरहेको छ’ गभर्नर अधिकारीले भने, ‘अहिलेको सहकारीको समस्या १० प्रतिशत मात्र ऋणीहरूको समस्या हल हुने हो भने बाँकी आफै ठिक भएर जान्छ । यसका लागि सरकारले नीति बनाएर सुधारमा केन्द्रित हुनुपर्छ ।’
यस्तै, नेपालको ठुलो आर्थिक हिस्सा अहिले पनि अनौपचारिक क्षेत्रमा नै केन्द्रित हुँदा यसले चुनौती थपेको उनले बताए ।
तथापि, आर्थिक सूचकहरूको बढ्दो सुधार, घट्दो मुद्रास्फीति (महँगी) ले अर्थतन्त्र बिस्तारै लिकमा आइरहेको उनले बताए । छिमेकी मुलुक भारत लगायत अन्य देशको अर्थतन्त्र क्रमशः सुधार उन्मुख रहेको अवस्थामा नेपालको समेत अर्थतन्त्र लयमा उकालो लागिरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त शिक्षामन्त्री पन्तले शिक्षकहरूलाई वार्तामा बोलाए
-
'सरकार परिवर्तनको हल्ला चलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेको छ’
-
तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
-
शिक्षकहरूलाई वार्तामा आउन शिक्षा मन्त्रालयको पुनः आग्रह
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख