वेल्डिङ गर्दा ग्यास सिलिन्डर विस्फोट, एक जनाको मृत्यु, पाँच घाइते

बारा । बारा जिल्लाको निजगढ नगरपालिका–७ मा सोमबार ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । निजगढ बजारमा सञ्चालनमा रहेको रेशम मगरको वर्कसप लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा दिउँसो करिब १२ बजे ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
घटनामा ६ जना घाइते भएकोमा ४५ वर्षीय रेशम मगरको पर्साको वीरगन्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा साढे १ बजे मृत्यु भएको प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । सो अस्पतालमा वीरगन्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान र २० वर्षीया रितु रजतका साथै भारत घर भएका ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन साहको उपचार भइरहेको छ ।
घटनामा घाइते ४५ वर्षीय सूर्यबहादुर थापाको बाराकै सामुदायिक प्रसूति गृह अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?
-
सञ्चारिका समूह नेपालको अध्यक्षमा पन्थी
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
-
अमेरिका–चीन ‘कर युद्ध’ बिच ‘ट्रम्प ट्वाइलेट ब्रस’को बिक्री बढ्यो
-
शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने, प्रधानमन्त्रीसँगको भेटमा के भयो ?