क्रिकेट संघबाट कति पारिश्रमिक पाउँछन् महिला क्रिकेट खेलाडीले ?
सोमबार, १४ फागुन २०८०, १५ : ०४

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले क्यानको केन्द्रीय सम्झौतामा आबद्ध महिला तथा पुरुष क्रिकेट खेलाडीहरूलाई दिइने मासिक पारिश्रमिकको विषयमा पनि निर्णय गरेको छ ।
महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार रुपैयाँ पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ । ग्रेड ‘बी’ मा रहेका महिला खेलाडीले मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।
यसैगरी ग्रेड ‘सी’ मा रहेका महिला खेलाडीले मासिक ३० हजार तलब पाउँछन् । ग्रेड ‘डी’ मा रहेका खेलाडीले मासिक २५ हजार र इमर्जिङ समूहमा रहेका खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
-
गीत सुनेर के पाउँछस् ?
-
महिला जनप्रतिनिधि क्षमता अभिवृद्धि गर्ने जरुरी छः मुख्यमन्त्री आचार्य
-
तीनकुनेमा भएको घटनाको सबै जिम्मा पूर्वराजाले लिनुपर्छ : कांग्रेस
-
त्रिवि केन्द्रीय क्याम्पसमा तोकियो स्ववियु निर्वाचनको मिति
-
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दिए राजीनामा