सिंगापुर एयर शो : एयरबसको सैन्य विमानमा चिनियाँ आगन्तुकलाई छिर्न दिइएन

सिंगापुर । सिंगापुरमा सम्पन्न एयर शोमा एयरबसको सैन्य विमानमा चीनबाट आएका आगन्तुकहरूलाई छिर्न नदिएपछि एयरबस विवादमा मुछिएको छ । यो भिडियो चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको बताइएको छ । यो घटनापछि युरोपेली विमान निर्माता कम्पनी एयरबस र उक्त विमानको मालिक जर्मनीको सेनाको कटु आलोचना भइरहेको छ ।
आलोचना चुलिएपछि एयरबसले आगन्तुकहरूमा उत्पन्न असहजताका लागि माफी मागेको थियो । सिंगापुर एयर सो यस क्षत्रेमा व्यावसायिक र सैन्य विमानको सबै भन्दा ठुलो प्रदर्शनी मध्येमा पर्दछ । भाइरल भिडियो गएको सप्ताहान्तमा चिनियाँ ब्लगरले खिचेर हालेका थिए ।
एयरबसको सक्कली आईडी भिरेकी एक महिलाले ब्लगरलाई उनको राष्ट्रियताबारे सोध्छिन् । ती युवक जर्मन हवाई सेनाको स्वामित्वमा रहेको एयरबस ए४००एम विमानभित्र छिर्न खोजिरहेका थिए । विमान जर्मनीको भएको भन्दै महिलाले राष्ट्रियता चेकजाँच गर्नु पर्ने बताउँछिन् ।
युवकले आफू चिनियाँ भनेपछि महिलाले जर्मन नियम, सेनाको बन्देजभन्दै उनलाई विमानभित्र छिर्न दिन्नन् । अन्य चिनियाँ आगन्तुकहरूले पनि आफूहरूलाई उक्त विमानभित्र छिर्न नदिएको गुनासा गरेका थिए । अर्का एक चिनियाँ ब्लगरलाई जर्मन सेनाका कर्मचारीले भगाएका थिए । यो घटनापछि ती युवकले एयर सो आयोजकहरूकहाँ गुनासो दर्ता गराएका थिए । एयरबसले वेबोमा रहेको आफ्नो आधिकारिक एकाउन्टमा पनि माफी माग्दै एउटा पोस्ट राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार