आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

कार्टुनमा लेपन गरेको करिब आधा किलो सुनसहित भारतीय महिला पक्राउ

सोमबार, १४ फागुन २०८०, १४ : २३
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । तरल सुनलाई कार्टुनमा लेपन गरेर ल्याउने भारतीय महिलालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले आरोपीको साथबाट करिब आधा केजी सुन बरामद गरेको छ ।

अवैध सुन ल्याएको आरोपमा भारतेको तेलंगाना घर भएकी ३७ वर्षीया तसलिमा सुलतना बुसारालाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले रातोपाटीलाई बताए । दुबईबाट नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँ आएकी उनले खेलौना र कफीको कार्टुनभित्र लेपन गरेर सुन ल्याएकी हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप